जिल्ला मालपोत कार्यालय सिरहामा आज भएको बम बिस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ। तराईमा भष्ट्रचारी विरोधी अभियान अर्न्तगत मालपोत कार्यालय सिरहामा प्रेसरकुकर बम कार्वाही स्वरुप विष्फोट गरिएको गोइत समूहले प्रेस विज्ञयप्तीमार्फत जानकारी दिएको हो।
केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको बताए। नेपाल विश्वमा अति भष्ट्रचार हुने मुलकमा पर्ने विज्ञयप्तीमा उल्लेख गरिएको छ। कार्यालयमा भ्रष्टाचार जारी नै रहे यसभन्दा उच्चस्तरको कारबाही गर्ने चेतावनीसमेत उक्त समूहले दिएको छ।
आइतबार दिउँसो १२ः४८ मा भएको बम विस्फोटमा परी कार्यालयका दुई कर्मचारीसहित आठ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको सिरहा प्रहरीले जानकारी दिएकाे छ।