नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसँग छलफलमा जुटेका छन्।
दुई नेतालाई भेट्न प्रचण्ड आइतबार कोटेश्वर गएका हुन्। केन्द्रीय कमिटी बैठक स्थगित गरेर प्रचण्ड एमालेका नेतालाई भेट्न गएका हुन्।
सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि प्रचण्डसँग खनाल र नेपाल अलग्गिएका थिए। खनाल र नेपालले एमाले अध्यक्ष तथा प्रधानमन्त्रीसँग एमालेमै रहेर लड्ने बताउँदै आएका छन्।