प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ। सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटवार्ता हुने भएकाे हाे।
ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान नमानेपछि पार्टी कार्यालय धुम्बाराहीमा नै भेटवार्ता हुने तय भएकाे हाे।
प्रधानमन्त्री ओली र नेकपा एमालेका नेता नेपालबीच चार महिनापछि भेटवार्ता हुन लागेको हो। गएको २५ कात्तिकमा आफू निकट नेताहरुसहित बालुवाटार पुगेर नेपालले ओलीलाई भेटेका थिए।
दुई पक्षको भेटवार्ताकै लागि ओलीले आज चियापानकाे कार्यक्रम पनि राखेका छन्।