नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो समूहको बैठक बोलाएका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाएका हुन्।
गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएका छन्। विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई एक बनाउन गौतमले अभियान चलाइरहेका बेला सर्वोच्च अदालतले भने नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको छ।