नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा र माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालयमा आज बसेको बैठक सकिएको छ। वार्ता सकरात्मक रहेको बताइएको छ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष नेताहरुबीच भएको वार्तामा दुबै पक्षले आ आफ्नो धारणा राखेका छन्। गत फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेका निर्णय नमान्ने माधव नेपाल पक्षले बैठकमा जानकारी दिएका छन्।
बैठकबाट बाहिरिएका नेपाल पक्षका नेता रघुजी पन्तले आफनो अडान राखेको बताए। अध्यक्ष ओलीले सकारात्मक रूपमा वार्ता अगाडि बढाउने आफूहरूको अपेक्षा रहेको पनि पन्तले जानकारी दिए।
गत फागुन २८ मा ओलीले आफूपक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायत निर्णय गरेका थिए।
उक्त निर्णयबारे आफूहरूलाई जानकारी नभएको र निर्णय भएको भए नमान्ने अडान आफूहरूले आज अध्यक्ष ओलीलाई गराएको पन्तले बताए।