नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेता माधवकुमार नेपाल पक्षलाई चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेला नगर्न आग्रह गरेको छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको दुई पक्षका नेताहरूको बैठकमा राष्ट्रिय भेला गर्दा झन् दूरी बढ्ने भएकोले त्यस्ता भेला नगर्न आग्रह गरेका हुन्।
बैठकमा नेता नेपाल पक्षले गत फागुन २८ मा ओली पक्षले गरेका निर्णय फिर्ता लिन माग गरेका थिए। आजको छलफल सकारात्मक भएकोले अब नेताहरूबीचमा अनौपचारिक छलफल पनि जारी रहने प्रदीप ज्ञवालीले बताए।