नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ। सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ।
बैठकमा २० नेताहरुले बोलेका छन्। अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए।
पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाइएको र पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताए।
अब नेताहरु पूर्व जिम्मेवारी अनुसार जिल्ला जिल्लामा जानेछन्।