नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय सदस्य र सांसदहरुको बैठक शुरु भएको छ।
सोमबार पार्टीका अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन यो समूहले नेताहरुलाई बोलाएको हो।
यसअघि सोमबार बिहान भएको वार्तामा दुबै पक्षले आ–आफनो अडान राखेका थिए।
गत फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेका निर्णय नमान्ने माधव नेपाल पक्षले आजकाे बैठकमा जानकारी दिएका छन्।