प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्नका लागि प्रस्ताव गरेका छन्। नेकपा एमालेका अध्यक्ष पनि रहेका ओलीले छलफलका लागि प्रचण्डलाई आग्रह हुन्।
ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए। उनले प्रचण्डलाई भेट गरौं भन्ने प्रस्ताव राखेका थिए। यद्यपी, प्रचण्डले आफू बैठकमा रहेको यसबारे पछि खबर गर्ने बताएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।