अभिनेत्री केकी अधिकारीले नयाँ फिल्मका लागि आफ्नो लुक्स परिवर्तन गरेकी छिन्। कहिल्यै कपाल नकोटेको बताउने केकीले रुँदै कपाल काटेको बताएकी छिन्।
उनले फिल्मका लागि पहिलो पटक कपाल मुण्डन गरेकी हुन्। उनले उक्त लुक्स् कुन चलचित्रको लागि बनाएकी हुन् भन्ने खुलाइएको छैन।
वैशाखबाट छायांकनमा जाने चलचित्रका लागि केकीले एक महिना अगाडि नै कपाल मुण्डन गरेकी हुन्। केकीले कपाल काटेपछि कति फ्यानहरुले केटाजस्तो देखिएको प्रतिक्रिया दिएको बताएकी छिन्।