संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बोलाइएको छ। बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम ९१० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने सम्भावित कार्यसूची तय भएको छ।
यसैगरी सभामुखले संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघ्यि संसद्को सचिवालयले जनाएको छ। प्रतिनिधिसभा पुनःस्थापना गत फागुन ११ गते भएपछि आज तेस्रो पटक बैठक बस्न लागेको हो। यसअघि गत माघ २३ र २६ गते बैठक बसेको थियो।
प्रतिनिधिसभाको बैठक सञ्चालन तयारीका लागि सोमबार कार्यव्यवस्था परमर्श समितिको बैठकसमेत बसेको थियो। सरकारको सिफारिशमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकामा रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुनःस्थापना गर्ने फैसला सुनाएको थियो।