नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी(जसपा) र नेकपा माओवादी केन्द्रलाई साथ दिएर वर्तमान सरकार ढाल्नुपर्ने बताएका छन्। पूर्णप्रसाद–मायादेवी शान्ति पत्रकारिता पुरस्कार वितरण कार्यक्रम बोल्दै उनले नयाँ सरकार बनाउने कुरामा ध्यान केन्द्रीत गर्न जोड दिएका छन्।
नेता पौडेलले जसपाका नेताहरुले कांगेस सभापतिबाट ठोस कुरा नआएका कारण अलमल भइरहेको गुनासो गरेको पनि जानकारी दिए। नेपाली कांग्रेसको नेतृत्व मौन रहनुले आशंका पैदा भएको भन्दै उनले अनिर्णयको अवस्था पार्टीको लागि राम्रो नहुने बताए।
प्रधानमन्त्री ओली र जसपाका नेताहरुबीचको छलफललाई लक्षित गर्दै नेता पौडेलले ओलीले आश्वासन मात्र दिएको जानकारी दिए। जसपाका मागहरु कांग्रेसले मात्र पूरा गर्न सक्ने बताउँदै नेता पौडेलले अब जसपा र माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार गठनमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।