नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको अभियानको नाम पनि फेरेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियान रखिएको छ। सर्वोच्च अदालतले नेकपा एकता प्रक्रिया भंग गरेपछि गौतमले अभियानको नाम पनि परिवर्तन गरेका हुन्।
यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान राखिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेपछि नेकपा विभाजित भएको थियो। गौतमले पार्टी एकता गराएरै छोड्ने उद्घोष सहित छुट्टै अभियान शुरु गरेका छन्।