बलिउड अभिनेता आमिर खानले सामाजिक सञ्जाल छा्डने घोषणा गरेका छन्। नायक खानले ट्विटरमार्फत जानकारी दिएको हिन्दुस्तान टाइम्सले जानकारी दिएको छ।
आमिर आइतबारदेखि ५६ वर्ष लागेका छन्। उनले जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद दिँदै सोमबारदेखि सामाजिक सञ्जाल छाड्ने घोषणा गरेका हुन्। सोमबार आमिरले ट्विटर र इन्स्टाग्राममा अन्तिम पोस्ट गरेका थिए।
‘साथीहरू, मेरो जन्मदिनमा मलाई दिनुभएको प्रेम र न्यानो मायाका लागि धेरै–धेरै धन्यवाद। मेरो हृदय भरिएको छ,’ उनले लेखेका थिए, ‘तर सामजिक सञ्जालमा यो मेरो अन्तिम पोस्ट हुनेछ। यद्यपि म सामाजिक सञ्जालमा निकै सक्रिय व्यक्ति हुँ। त्यसैले हामी पहिले झैं सम्पर्कमा भने रहिरहनेछौं।’
पछिल्लो समय आमिर फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा देखिएका थिए। हाल उनी उनी फिल्म ‘लाल सिंह चड्डा’को प्रदर्शनको पर्खाइमा छन्। ‘लाल सिंह चड्डा’ मा आमिरकाे साथमा करिना कपूर देखिनेछिन्।