नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
त्यस्तै सरकारमा रहेका मन्त्रीहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने निर्णय पनि बैठककले गरेको बताइएको छ। कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन्।
दलको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी थिए।