भारतको नयाँदिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ। भारतको उत्तरी दिल्लीको तिमारपुरमा बस्दै आएकी ४५ वर्षीया मीना नाम गरेकी महिलाकाे बुधबार गोली हानी हत्या भएकाे हाे।
मीना नयाँदिल्लीमा पानी, न्याक्स र कोल्ड ड्रिंक्सको व्यापार गर्दै आएकी थिइन्। तिमारपुरका मोटरसाइकलमा सवार आक्रमणकारीले गोली हानी मीनाको हत्या गरेका हुन् ।
प्रहरीकाअनुसार मीनामाथि उक्त आक्रमणकारीले बुधबार बिहान सात बजेतिर गोली प्रहार गरेका थिए। दिल्लीका वरिष्ठ प्रहरी अधिकारीले आक्रमण गर्ने मनिसहरु मोटरसाइकलमा भागेको जानकारी दिए।
मिनालाई अस्पताल पुर्याउँदा चिकित्सकहरुले मृत घोषित गरेको प्रहरीले बताएकाे छ। प्रहरीले विभिन्न टोली बनाएर आक्रमणकारीको खोजी गरिरहेको बताएको छ। र थप अनुसन्धान भइरहेकाे जानकारी दिएकाे छ।