नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी बचाउन संविधानको अपब्याख्या गरेको बताएका छन्। आफूपक्षीय नेताहरुको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले पार्टी निर्णय र सहमति भएका भन्दा विपरीत काम गरेको बताएका हुन्।
अहिले देखिएको समस्याको मूल कारण नै पार्टी अध्यक्ष केपी शर्मा ओली भएको उनले बताए। उनले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको बताए।
ओलीले नै जबज सिध्याउने काम गरेको आरोप उनको थियो। ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको पनि नेता नेपालले बताए।
नेता झाँले आफूँ नै राष्ट्र भन्ने र आफूलाई केन्द्रविन्दूमा राख्ने प्रवृत्ति ओलीमा रहेको बताए। प्रधानमन्त्री ओलीलाई इमान्दार कार्यकर्ता नचाँहीने उनले थपे।
ओली सधैं पूर्वाग्रही रहेको र असहमतलाई पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उनले एक अर्का नेतालाई लडाउने, भिडाउने काम गरेको आरोप पनि लगाए।