जापान सरकारले निर्धारित समयभन्दा २ मिनेट चाँडो अफिस छोडेका सयौं कर्मचारीलाई कारबाही गरेको छ। अनेक बाहानामा तोकिएको समयसम्म कार्यालय नबसेका ३ सय १६ कर्मचारीको तलव काटिएको हो।
जापानिज सञ्चारमाध्यमका अनुसार मे २०१९ देखि जनवरी २०२१ सम्मको अवधिमा कूल ३१६ जना कर्मचारीले निर्धारित समयभन्दा २ मिनेट अगाडि कार्यालय छाडेको पाइएको छ। चिबा प्रान्तको फुनाबासी सिटी बोर्ड अफ एजुकेशनका कर्मचारीको यसरी तलव काटिएको ती सञ्चारमाध्यमले जानकारी दिएका छन्।
ती कर्मचारीले हाजिरी रजिस्टरमा गलत समय लेखेको बताइएको छ। अफिसबाट छिटो निस्किनको लागि सहयोग पुर्याउने एक महिलाको ३ महिनाको पारिश्रमिकको १० प्रतिशत काट्न निर्देशन पनि दिइएको छ।