नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आफूनिकटका सांसदहरूको भेला राखेका छन्। ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा आज बिहान १० बजे आफूनिकट सांसदहरूलाई उपस्थित हुन उक्त समूहले भनेको थियो।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा ११ बजे बैठक बोलाएका छन्।
उक्त बैठकमा माधव नेपाल र झलनाथ खनाल उपस्थित नहुने बताएका छन्। आफूहरूले भेला गर्ने समयमै पारेर प्रधानमन्त्री ओलीले सल्लाहाविनै बैठक बोलाएको भन्दै उपस्थित नहुने बताए।
बुधबारदेखि झलनाथ–माधव पक्षले राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ। आज पनि भेला छ। अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय समितिबाट गरेका निर्णय फिर्ता लिनुपर्ने उक्त समूहले माग गरिरहेको छ।