केपी ओली नेतृत्वको नेकपा एमालेका संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको छ। बिहिबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी बाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिइएको हो।
बैठकमा गुट भेलामा जानेलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा नियमित सहभागी हुन आह्वान गरिएको भन्दै दलको बैठकको निर्णय नमाने कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिइएको छ।
आजको बैठकमा लालबाबु पण्डित पनि उपस्थित भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि पण्डित तटस्थ रहँदै आएका पण्डित बिहिबारको बैठकमा उपस्थित भएका हुन्।बरिष्ठ नेता माधवकुमार नेपाल निकट उनी पहिलो पटक ओलीले बोलाएको बैठकमा गएका हुन्।