नेकपा एमाले संसदीय दलको बोर्ड गठन भएको छ। बिहीबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो।
बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि राखिएका छन्। तीन जना पछि मनोनयन गर्ने गरी आज २४ सदस्यीय बोर्ड गठन भएको छ बताइएकाे छ। त्यस्तै दलको अर्को बैठक चैत ७ गते बस्ने भएकाे छ।
एमाले संसदीय बोर्ड सदस्यमा केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, सुवास नेम्वाङ, शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक, राधा ज्ञवाली, बिन्दा पाण्डे, विशाल भट्टराई, सुमन प्याकुरेल, शान्ता चौधरी, विमला राई पौडेल, राजेन्द्र राई, मोहन बानियाँ, नारदमुनि राना, विद्या भट्टराई, दामोदर भण्डारी, रेखा झा, छविलाल विश्वकर्मा, खिमलाल भट्टराई रहेका छन्।
त्यस्तै बिहीबारको बैठकले गुटगत भेलामा जाने सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ।