रुसका विदेशमन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्ने भएका छन्।
चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी विदेशमन्त्री लाभरोभ चीन आउन लागेको जानकारी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले दिएका हुन्।
पछिल्लो समय रुस र चीनबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ। कतिपय विश्व मामिलामा राष्ट्रसंघ मार्फत रुस र चीनले समान धारणा अघि सार्ने गरेका छन्।