नेपाल, बंगलादेश र कीर्गिस्तान सम्मिलित त्रिदेशीय फुटबल हेर्नका लागि टिकट दर तोकिएको छ। यही चैत १० देखि १६ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने खेलको टिकट दर तोकिएको हो।
अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिताका खेल हेर्न जनरलतर्फ ७ सय र भीआईपीतर्फ १५ सय रुपैयाँ टिकट दर कायम गरेको जानकारी दिएको छ। रंगशालामा १५ हजार दर्शक क्षमता भए पनि १२ हजार वटा टिकट मात्र बिक्री गरिने एन्फाको तयारी छ।
जनरलतर्फ १० हजार ५०० र भीआईपीतर्फ १५०० वटा टिकट बिक्री गरिने बताइएको छ। प्रतियोगिताको विजेताले ५ हजार डलर र दोस्रो हुनेले ३ हजार डलर पुरस्कार पाउनेछन्।
सर्वोत्कृष्ट खेलाडीले पाँच सय डलर र हरेक खेलको म्यान अफ दि म्याचले २५० डलर पुरस्कार पाउनेछन्। खेल अखिल नेपाल फुटबल संघ एन्फा खेलाइने छ। लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।