जन्मदै पोलियो रोगी गोबिन्द प्रसाद देबकोटा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारीमा छन्। विश्व किर्तिमान राख्न यहीँ चैत दोश्रो साता सगरमाथा आरोहण गर्ने उनले तयारी गरेका हुन्। पोलियो रोगी एवं अपाङ्गले अहिलेसम्म सगरमाथा आरोहणको गरेका छैनन्। गोबिन्दले यो साहसी अभियानलाई सफल पार्न आर्थिक अभाब भएको बताएका छन्।
शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै देबकोटाले भने ‘सबैतिरबाट आशा देखाईयो सहयोग भएन।’ ४७ वर्षिय देवकोटाको जीवन संघर्ष निकै दयनिय छ। उनी ११ बर्षसम्म हिडडुल गर्न समेत सक्दैन थिए। बाल्यावस्था पार भै सकेपछि मुस्किलले भएको पोलियोको उपचारले शारीरिक अपाङ्गता निक्कै कम त भयो तर पूर्णरूपमा हटेन जो अहिले पनि उनले भोगीरहनु परेको छ।
‘मनमा साहस भयो भने संसार जित्न सकिन्छ,’ असम्भव भन्ने हुँदैन भने झैं गोविन्द देवकोटाले ६ हजार मिटर भन्दा अग्ला केहि हिमालको सफल आरोहण गरिसकेका छन्। अहिले उनी यहि चैत महिनामा विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहणमा निस्कने तयारीले देवकोटाको दैनिकी अचेल व्यस्त भएको छ। सगरमाथा आरोहणका अरू सबै तयारी भए पनि उनलाई पैसाले रोक्ने हो की भन्ने डर छ।
उनलाई लैजाने कम्पनीलाई ६७ लाख र अरू आवश्यक भौतिक समान किन्न ५÷७ लाख गरी कुल चाहिने ७५ लाख जतीमध्ये उनीसंग २५/२६ लाखको मात्र जोहो छ। बाँकी पैसा सहयोगका लागि सबैसंग देवकोटाले आशा र अनुरोध गरेका छन्।
आफुले सकेको आर्थिक सहयोग गर्न चाहनुहुने गोविन्दप्रसाद देवकोटाको प्राइम बैंकमा रहेको खाता नम्बर ००७०३६६४ एममा नगद जम्मा गरिदिनुहुन उनले आग्रह गरेका छन्।