नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शासन गर्न दिनु भनेको देशलाई थप पंगु बनाउनु हाे भनेका छन्।
स्याङ्जाको भीरचोकमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अब देशको जिम्मेवारी कांग्रेसको काँधमा आएको जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीलाई छिट्टै बिदा गरेर कांग्रेसले सरकारको नेतृत्व गरी देशलाई चुनावमा लैजानुपर्ने नेता थापाको धारणा छ।
‘कांग्रेसले अब केपी ओलीलाई घर पठाउनुपर्छ। कांग्रेसले छोटो समयका लागि भए पनि सरकारको जिम्मा लिएर निर्वाचन गराउनुपर्छ,’ कार्यक्रममा थापाले भने।