आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ। शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा महत्वपूर्ण बिजनेस छैन।
संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यक्रमको सूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदनन–२०७७ पेस गर्ने कार्यक्रम तय गरिएको छ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन–२०७७ को वार्षिक प्रतिवेदन पनि पेस गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ।
यसबाहेक नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव र अनुपस्थितिको सूचना प्रस्तुत हुने कार्यक्रम रहेको छ।