नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने भएको छ। शुक्रबार बिहान नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
जोशीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान साढे ९ बजे अस्पताल पुगेका थिए। उनले जोशीका परिवारका सदस्यसँग भेटेका थिए।
गत फागुन १४ मा जोशीलाई मस्तिष्कघात भएको थियो। उनलाई राजिब झालगायत चिकित्सक टोलीले उपचार जारी राखेको छ। जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।