प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएको छ। आज प्रतिनिधिसभा बैठकमा दलका तर्फबाट बोलेका प्रमुख सचेतक बालकृष्ण खाँणले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने बताए।
सरकार संविधानकै जगमा उभिएको भन्दै उनले ओली सरकार बनेदेखि नै संविधानमाथि प्रहार भइरहेको बताए। विधिको शासन मान्छौं भन्ने संविधानबाद मान्छौं भन्ने सरकारले गल्तीको महसुश नगर्ने भन्दै नेता खाँणले प्रश्न गरे।
त्यस्तै सरकारले अग्रगमन गरेको छ कि प्रतिगमन गरेको छ सरकार र प्रधानमन्त्रीले संविधानमाथि हात राखेर सोच्न आग्रह गरे।