महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन्। खरेलले शुत्रबार पत्रकार सम्मेलनमाफर्त आफूले राजीनामा दिएको जानकारी गराएका हुन्।
खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्।
झापाको गौरादह निवासी खरेल २०६४ र २०७० को संविधानसभा सदस्य समेत रहेका थिए। खरेल प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्री थिए। खरेल नेपाल बार एशोसिएसनका पूर्व महासचिवसमेत हुन्।