नेकपा माओवादी केन्द्रकी सांसद् पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको काम इतिहासमा कालो अक्षरले लेखिने बताएकी छिन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीलाई सारा मिडियाको कार्टुन हेर्न सुझाइन्।
प्रतिनिधि सभा विघटन सर्वोच्चबाट बदर भएपछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिने अपेक्षा आफूले गरेको बताइन्।
उनले मन्त्रीहरूलाई नेताहरूको अन्ध समर्थन नगर्न आग्रह गरिन्। उनले संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोध गरिन्।