यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ। युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले शुक्रबार क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक गरेको हो।
सार्वजनिक ‘ड्र’ अनुसार क्वाटरफाइनलमा साविक विजेता बायर्न म्युनिख र साविक उपविजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुने भएको छ।
त्यस्तै, स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब लिभरपुलसँग खेल्नेछ। अर्को इंग्लिस क्लब चेल्सीले पोर्चुगिज क्लब पोर्टोसँग प्रतिस्पर्धा गर्नेछ। इंग्लिस क्लब म्यानचेस्टर सिटीको भेट जर्मनीको बोरुसिया डर्टमण्डसँग हुनेछ।
क्वाटरफाइनलको पहिलो लेग अप्रिल ६ र ७ तथा दोस्रो लेग १३ र १४ अप्रिलमा हुनेछ। यसैबीच फाइभथर्टीएइटले एक रिवपोर्ट सार्वजनिक गरेको छ। उक्त रिपोर्टमा कुन टोलीले च्याम्पियन्स लिगको उपाधि जित्ने सम्भावना कति रहेको छ भनी उल्लेख गरिएको छ।
उक्त प्रतिवेदनले जारी सिजनको च्याम्पियन्स लिगको मुख्य उपाधि दाबेदार इंग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब बायर्न म्युनिखलाई मानेको छ। फाइभथर्टीएइटले अन्तिम ८ का सबै टोलीको सेमिफाइनल पुग्ने, फाइनल पुग्ने र फाइनल जित्ने सम्भावनालाई प्रतिशतमा निकालेको छ।
तलको तालिकामा अन्तिम ८ टोलीको सेमिफाइनल पुग्ने, फाइनल पुग्ने र फाइनल जित्ने सम्भावना हेरौंः
फुटबल क्लब |
सेमिफाइनल पुग्ने |
फाइनल पुग्ने सम्भावना |
फाइनल जित्ने सम्भावना |
पोर्टो |
२४ प्रतिशत |
५ प्रतिशत |
१ प्रतिशत |
पीएसजी |
४० प्रतिशत |
१४ प्रतिशत |
५ प्रतिशत |
बोरुसिया डर्टमण्ड |
४१ प्रतिशत |
१५ प्रतिशत |
५ प्रतिशत |
रियल मड्रिड |
५३ प्रतिशत |
२४ प्रतिशत |
१० प्रतिशत |
लिभरपुल |
५२ प्रतिशत |
२५ प्रतिशत |
११ प्रतिशत |
चेल्सी |
५५ प्रतिशत |
२८ प्रतिशत |
१३ प्रतिशत |
बायर्न म्युनिख |
६० प्रतिशत |
३३ प्रतिशत |
१७ प्रतिशत |
म्यानचेस्टर सिटी |
७६ प्रतिशत |
५५ प्रतिशत |
३७ प्रतिशत |
फाइभथर्टीएइटको अध्ययनअनुसार म्यानचेस्टर सिटी र बायर्न म्युनिखले उपाधि जित्ने सम्भावना बलियो छ। त्यस्तै, रियल मड्रिड, लिभरपुल र चेल्सीले पनि फाइनल जित्ने सक्ने केही आशा रहेको अध्ययनमा देखिन्छ।