अदालती प्रक्रियाबिना ४० वर्षदेखि भारतको पश्चिम बंगालका विभिन्न जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार रिहा भएका छन्।
कलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि शनिबार बिहान दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली महावाणिज्यदूतावासको रोहबरमा परिवारको जिम्मा लगाएको हो।
४० वर्षअघि ईलामको साविक चुलाचुली गाविसस्थित घरबाट गएका तिम्सिना एक हत्या आरोपमा भारतका विभिन्न जेलमा बसेका थिए।
अभियोग प्रमाणित नभइकनै चार दशकसम्म जेलमा परेका दुर्गाप्रसादलाई उनका भाइ (काकाका छोरा) प्रकाशचन्द्र तिम्सिनाले जिम्मा लिएका छन्।