वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ। निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित शनिबार उनको आफ्नै घरमा निधन भएको हो।
करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौं चलचित्रमा अभिनय गरेकी छिन्। उनले अभिनय गरेका, चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायत चर्चित छन्।
उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला, तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा, गरेको छुच्ची, सासूको भूमिका लागि चर्चित छिन्। उनको पहिलो फिल्म ‘मनको बाँध’हो।
पारिवारिक स्रोतका अनुसार, अधिकारीलाई, केही दिनअघि अस्पतालबाट डिस्चार्ज, गरेर घरमा ल्याइएको थियो।