नेकपा एमालेको संसदिय दलको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
शनिबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
वरिष्ठ नेता माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । यो समूहमा आबद्ध सांसदहरु संसदीय दलको बैठकमा पनि गएनन् ।