जनता समाजवादी पार्टीका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका छन्। अध्यक्ष महन्थ ठाकुरसहित नेता लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला बालुवाटार पुगेका हुन्।
जसपाले जेलमा रहेका आफ्ना सांसद् रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता र नागरिकताबारे संविधान संशोधनसहितका मुद्दा उठाउँदै आएको छ।
प्रधानमन्त्री, माओवादी केन्द्र, नेपाली कांग्रेससँग पनि जसपा छलफलमै छ। यद्यपी निचोड निस्किसकेको छैन।