नेपाली कांग्रेसमा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसदसँग बदला लिने दाउमा रहेको आशय व्यक्त गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूहरु संसदको गरिमा कायम राख्न लडिरहने बताए।
त्यस्तै, नेता थापाले ओलीको सरकार रहेसम्म संसदको तिरस्कार अपमान बढ्दै जाने जानकारी दिए। ‘जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ। किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ,’ बैठकमा उनले भने।
प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्री ओलीले जनताको अपमान गरेको र जनताले उचित समयमा त्यसको बदला लिने पनि नेता थापाले जानकारी दिए। उनले प्रतिनिधिसभा भंग गर्ने निर्णय सही थियो भन्ने स्थापित गराउन सरकारले संसदलाई कामविहीन बनाउन खोजेको आरोप लगाए।