इटलीका एक युवकले आमाबाबुको हत्या गरेका छन्। कुकुर घुमाउन लैजाने विषयमा विवाद बाबुछोराबीच विवाद भएको र त्यसले उग्र रुप लिएपछि छोराले आमाबाबुको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
३० वर्षीय बेनो नेउमेयरले आमाबाबुको हत्या गरेको स्वीकार गरेका छन्। उनले बाबु पिटर नेउमेयर र आमा लौउरा पर्सेलीको हत्या गरेका हुन्। उनीहरुले यस वर्षको शुरुवातमा बेपत्ता भएका थिए। अनुसन्धानका क्रममा प्रहरीले लौउराको शव फेला पारेको छ तर पिटरको शव भेटिएको छैन।
ती बडिबिल्डरलाई प्रहरीले जनवरी ९ मा पक्राउ गरेको थियो। तर, उनले हाल आएर हत्या गरेको स्वीकार गरेका हुन्। कुकुर घुमाउन लैजाने विषयमा युवक र उनका बाबुबीच विवाद भएको र युवकले आवेगमा आएर हत्या गरेको बयान दिएका छन्।