बंगलादेशको दुईदिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वेदश फर्किएकी छिन्। उनी मंगलबार अपराह्न स्वदेश आएकी हुन्।
राष्ट्रपति भण्डारीसँगै नेपाली भ्रमण टोलीलाई बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए।
बंगलादेशमा रहँदा राष्ट्रपति भण्डारीले समकक्षी मोहम्मद अब्दुल हमिदसँग भेटवार्ता गरेकी थिइन्। उनी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणा स्वकीर गरेर सोमबार त्यसतर्फ गएकी थिइन्।