थ्री–नेसन्स कपको पहिलो खेलमा कीर्गिस्तान यू–२३ विरुद्ध बंगलदेश विजयी भएको छ। मंगलबार भएको खेलमा बंगलादेशले कीर्गिस्तान यू–२३ लाई १–० गोलले हराएको हो।
कीर्गिस्तानका खेलाडीले गरेको आत्मघाती गोल नै बंगलादेशको जीतमा निर्णायक बन्यो। खेलको ३० औं मिनेटमा कुमारवाज युलु वाइयामानको आत्मघाती गोल गरेका थिए। खेलमा राम्रो प्रभाव बनाए पनि बंगलादेशले थप गोल गर्न सकेन।
खेलको म्यान अफ दि म्याच बंगलादेशका कप्तान सोहेल रानालाई प्रदान गरिएको छ। उनले उनले २५० अमेरिकी डलर पाएका छन्। जीतसँगै बैगलादेशले एक खेलबाट ३ अंक जोडेको छ।
नेपालले पहिलो खेल चैत १२ गते कीर्तिस्तान टोलीसँग खेल्नेछ। नेपालले अर्को खेल चैत १४ मा बंगलादेशविरुद्ध खेल्नेछ। राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले चैत १६ गते फाइनल खेल्नेछन्। विजेता टोलीले ५ हजार र दोस्रो टोलीले ३ हजार अमेरिकी डलर पाउनेछ।