जनकपुरधाममा एक महिला मृतावस्थामा फेला परेकी छिन्। जनकपुरधाम उप–महानगरपालिकास्थित रमानन्द चोकमा रहेको सर्लाही होटेल एण्ड गेष्ट हाउसमा श्रीमानसँगै बसेकी महिला होटल नजिकै मृत फेला परेकी हुन्।
गेष्ट हाउसको पाँचौँ तल्लामा रहेको कोठा नम्बर २०५ मा श्रीमानसँगै बसेकी महिला होटल छेउमा रहेको हिलो जमेको ठाउँमा मृत फेला परेकी हुन्।
म्याग्दीको मेलानी गाउँपालिका–७ बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपाली श्रीमान् विश्वास श्रीपालीसँगै दुई दिनअघि होटलमा आएर बसेकी थिइन्।
दुई साताअघि वैदेशिक रोजगारबाट फर्केका श्रीमानसँग उनी यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन आएको बुझिएको प्रहरीले जानकारी दिएको छ।