अखिल नेपाल फुटबल संघ(एन्फा)ले थ्री–नेसन्स कपका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। प्रशिक्षक बालगोपाल महर्जनले घोषणा गरेको टोलीको कप्तानी गोलकिपर किरण चेमजोङले गर्नेछन्।
नेपाली टोलीको गोलरक्षकमा किरण चेमजोङ (कप्तान), विकेश कुथु र दिप कार्की रहेका छन्। त्यस्तै, डिफेन्डरमा रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन र छिरिङ गुरुङ छन्।
मिडफिल्डरमा त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक बिष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल, रवि शंकर पासवानले स्थान बनाएका छन् भने फरवार्डमा अन्जन बिष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास छन्।
नेपालले थ्री नेसन्स कपमा आफ्नो पहिलो बिहीबार कीर्गिस्तान यू–२३ सँग खेल्नेछ। दोस्रो खेल बंगलादे सँग शनिबार खेल्नेछ।