पठाओको राइड सेवा भर्खरैबाट चल्न थालेको छ। एप अपडेटका कारण अबरूद्ध भएको राइड सेवा भर्खरैदेखि चल्न शुरु भएको हो। प्राविधिक कारणले पठाओको ट्याक्सी र फुड पनि मंगलबारदेखि बन्द थियो। बुधबार बिहानदेखि उक्त सेवा पनि सञ्चालनमा आएको हो।
पठाओ राइडर र ट्याक्सी चालकबीच भएको झगडाले सेवा बन्द नभएको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताएकी छिन्। सोमबार ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका थिए। आफ्नो ग्राहक खोसेको भन्दै गोंगबुमा पठाओका राइडरलाई कुटपिट गरेका हुन्।
नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि ट्याक्सी सेवा सुरु गर्दै आएको छ।