स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न आग्रह गरेको छ। बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले होली पर्व घरमै मनाउन आग्रह गरेका हुन्।
कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ।
सहप्रवक्ता अधिकारीले पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ जानकारी दिएका छन्। होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ।