म्याग्दीमा विदेशबाट नेपाल फर्किएकाहरुलाई १० दिन क्वारेन्टाइनमा राखिने भएको छ। छिमेकी देश तथा अन्य मुलुकबाट म्याग्दी आउनेले अबदेखि १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने आउनेले जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
भारतबाट फर्किएका ५ जनामा कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइन अनिवार्य गरिएको हो। जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको संक्रमण रोक्न यस्तो निर्णय गरेको हो। भारतमा कोरोनाको दोस्रो लहर सुरु भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने देखिएकाले सर्तकता अपनाउन थालिएको हो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरिखोला जलविद्युत् आयोजनामा काम गर्न भारतबाट आएका चार मजदुर र जिल्ला कारागारका एक कैदीमा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।