नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नेपाल–खनाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली मागेको स्पष्टिकरण दिने भएको छ। अध्यक्ष ओलीलाई बुझाउने स्पष्टीकरण तयार भएको नेपाल–खनाल समूहका एक नेताले जानकारी दिए।
अध्यक्ष ओलीले पार्टी र संसदीय दलको विधानविपरीत कार्य गरेको भन्दै एमाले वरिष्ठ नेता नेपालसहित ४ जनालाई स्पष्टिकरण सोधेका थिए। त्यसअघि, नेपाल–खनाल समूहले केन्द्रीय समिति बैठक बोलाएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले गरेका निर्णयहरू, पछिल्ला गतिविधि र भावी रणनीतिबारे छलफल हुने बताइएको छ।