भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन्। तिम्सिनालाई जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार नागरिकता दिएको हो।
प्रदेश सरकारको निर्देशनअनुसार उनलाई तत्काल नागरिकता दिइएको जिल्ला प्रशासन कार्यालय इलामले जानकारी दिएको छ।
योसँगै भारतमा क्षतिपूर्ति माग दाबीका लागि पहल गर्न भाइ प्रकाशचन्द्र तिम्सिना र भतिजा गोपाल तिम्सिनाको नाता प्रमाणिकरण प्रमाणपत्र पनि बनाइएको छ। दुर्गाप्रसादले क्षतिपूर्ति माग गरेमा दिनु भन्ने आदेश उच्च अदालत कोलकाताले दिएको थियो।