भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपका पक्राउ परेका दिनेश भट्ट र भागरथीकोे भजाइनल स्वाबबाट निकालिएको डीएनए म्याच भएको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डिएनए मिलेको पाइएको हो।
ओरोपितले दबाबमा आएर आरोप स्वीकार गरेको बताइरहेका बेला उक्त रिपोर्टले केसलाई सहज बनाएको प्रहरीले जानकारी दिएको छ। यस रिपोर्टबाट अनुसन्धानमा थप बल पुगेको प्रहरीको भनाइ छ।