पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आलटाल गरेको आशय व्यक्त गरेका छन्।
उनले बिहीबार ट्विटरमार्फत ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन प्रतिपक्षी दलले ढिलाइ गरेको जानकारी दिएका हुन्। अध्यक्ष भट्टराईले कांग्रेससहितका प्रतिपक्ष दलले नयाँ प्रपञ्च रचिरहेको सरकारलाई बिदा गर्न ढिलाई गर्न प्रतिपक्षको धर्म अनुकुल नरहेको बताएका हुन्। भट्टराईकाे पार्टी जसपा पनि संसदकाे विपक्षी दल हाे।
‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनै पनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनःनयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकूल भएन है!’