नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आर्थिक अनियमितताको आरोप लगाएका छन्।
नेता रावलले १४ बुँदे स्पष्टीकरणमार्फत् रावलले सुदूरपश्चिम प्रदेश कार्यालयमा रहेको ३० लाखभन्दा बढी पार्टीको रकम हिनामिना गरेको भनेर आफूमाथि लगाएको आरोपकाे प्रतिवाद गरेका छन्।
रावलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि पार्टी कार्यालयमा सञ्चित १८ करोडभन्दा बढी रकम दुरुपयोग गरेकाे आराेप ओलीलाई लगाएका हुन्।