सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को खनाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक बस्ने भएको छ। झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बस्ने भएको हो।
आजको बैठकले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्ने निर्णय गर्ने बताइएको छ।